FAQs Complain Problems

दादुरा–रुबेला खोपको तयारी पुरा

दादुरा–रुबेला खोपको तयारी पुरा
दादुरा–रुबेला खोपको तयारी पुरा
दादुरा–रुबेला खोपको तयारी पुरा

डिएम चाम्लिङ राई
साकेला (मानेभञ्ज्याङ) २ फागुन–
९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई लगाईने दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान साकेला गाउँपालिकाले तयारी पुरा गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आज बिहीबार खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफलको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।

साकेला गाउँपालिकाको पाँचै वडामा फागुन १५ गतेदेखि २३ गतेसम्म यो अभियान सञ्चालन हुने स्वास्थ्य शाखा संयोजक रीता ढकालले जानकारी दिनुभयो । दादुरा रुबेला २०२३ सम्म अन्त्य गर्ने सरकारी लक्ष्य अनुसार यस पालिकाले पनि सो अभियान सञ्चालन गर्ने भएको हो । 

अभियानको क्रममा पालिकाभरीका ७३८ जना बालबालिकालाई यस खोप लगाउने लक्ष्य राखिएको हेल्थ असिस्टेण्ट शेखर राजवंशीले जनाउनुभयो । जसअन्तर्गत वडा नं. १ बाँझेच्यानडाँडामा १ सय ६५, वडा नं. २ रतन्छामा १ सय ४३ जना, वडा नं. ३ खिदिमामा १ सय ५९ जना, वडा नं. ४ मात्तिममा १ सय ५६ जना र वडा नं. ५ मात्तिमविर्तामा १ सय २४ जना बालबालिकाको तथ्याङ्क रहेको छ । 

यस अभियान पाँच वडाको ३६ स्थानमा खोपकेन्द्र राखिने छ भने ७२ जना स्वयमसेवक र ३६ जना खोप कार्यकर्ता परिचालन गर्ने तयारी भएको राजवंशीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले यस अभियान प्रभावकारी रुपमा लागू गर्न र कुनै पनि बालबालिका नछुटाउन निर्देशन दिनुभएको छ । 

नेपालमा सन् २०१५ देखि दोश्रो मात्रामा दादुरा–रुबेला खोप अभियानको सुरुवात भएको थियो । यस अभियानबाट विफर रोगको उन्मूलन, बालमृत्युदर कम, मातृ तथा नवशिशु धनुष्टङकार निवारण, जापानिज इन्सेफलाईटिस नियन्त्रण, रुबेला तथा सिआरएस नियन्त्रण, हेपाटाईटिस वी नियन्त्रण लगायतका रोगहरु उन्मूलन भएका छन् ।
 

आर्थिक वर्ष: