FAQs Complain Problems

साकेला गाउँपालिकाकाे संक्षिप्त परिचय

साकेला गाउँपालिकाकाे नक्सा

साकेला गाउँपालिका प्रदेश नं १ अन्तरगत खाेटाङ जिल्लामा पर्दछ । साकेला गाउँपालिका खाेटाङ जिल्लाकाे सदरमुकाम दिक्तेल बाट करिव २८ किलाेमिटर पूर्व तर्फ करिव ६२०-२९९० मिटर उचाइमा ७९.९९ वर्ग किलाेमिटरमा अवस्थित छ । यस गाउँपालिकामा जम्मा ५ ओटा वडाहरु (वाजे च्यानडाँडा - १, रतन्छा-२, खिदिमा-३, मात्तिम-४ र मात्तिम-५) रहेकाे छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे मानेभन्ज्याङ भन्ने ठाउमा रहेकाे छ ।  यस गाउँपालिकाकाे पुर्व तर्फ भाेजपुर जिल्ला पश्चिम र उत्तर तर्फ दिक्तेल रुपाकाेट मझुवागढि र दक्षिण तर्फ दिप्रुङ चुइचुमा पर्दछ ।

यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रकाे दृष्टिकाेणले हेर्ने हाे भने गाँउपालिकाबाट पुर्व दिशातर्फ पर्ने वडा नम्वर १ र ३ मा अवस्थित ट्यामुके डाँडा र वडा नम्वर ३ मा अवस्थित सेल्मे डाँडाले अत्यन्तै सम्भावना वाेकेकाे पाइन्छ । त्यतिमात्र हाेइन गाँउपालिकाबाट उत्तर तर्फ पर्ने वडा नम्वर १ मा अवस्थित चखेवा भन्ज्याङ र पूर्व तर्फ पर्ने वडा नम्वर ३ मा अवस्थित तावा भन्ज्याङ पनि सुन्दरताले भरिपुर्ण रहेकाे छ ।

यस गाउँपालिकामा विशेष गरेर राई जातिहरुकाे बाहुल्यता रहेता पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, भुजेल साथै केहि मात्रामा मगर जातिकाे पनि बसाेवास रहेकाे छ । यस गाउँपालिकाकाे जम्मा जनसङ्ख्या ९६२३ रहेकाे छ । यस गाउँपालिकाका वासिन्दाहरु विशेष गरि कृषि पेशामा निर्भर रहेकाे छ भने केहि मात्रामा सरकारि नाेकरि, व्यापार व्यवसाय, वैदेशिक राेजगार, सिकर्मि तथा डकर्मि पेशामा निर्भर रहेकाे छ ।