FAQs Complain Problems

साकेलामा वार्षिक परीक्षा फागुन २७ देखि सुरु

साकेलामा वार्षिक परीक्षा फागुन २७ देखि सुरु

डिएम चाम्लिङ राई
साकेला (मानेभञ्ज्याङ) १ फागुन–
 साकेला गाउँपालिकाको २८ वटा सामुदायिक विद्यालयमा वार्षिक परीक्षा फागुन २७ गतेदेखि सञ्चालन गरिने भएको छ । हालै बसेको शिक्षा शाखा र प्रधानाध्यापकहरुको वैठकले पालिकास्तरीय कक्षा ८ को परीक्षा पनि सोही दिनदेखि सुरु गर्ने निर्णय गरेको छ । 

साकेला गाउँपालिकाका शिक्षा शाखा प्रमुख इन्द्र तामाङका अनुसार कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई एक सय प्रतिशतमा नै परीक्षा गराईनेछ । उक्त परीक्षा विहान ११ बजेदेखि गरिने तथा पालिकास्थित शिक्षा शाखाले सबै विद्यालयलाई परीक्षाको तालिका प्रदान गरिसकेको प्रमुख तामाङको भनाई छ । 

परीक्षाको लागि हाल पालिकास्तरबाट प्रश्नपत्र तयार गरिदैछ । करीव १ हजार ९ सय परीक्षार्थी सहभागि हुने उक्त वार्षिक परीक्षा चैत्र ५ गते सकिनेछ । विद्यालयलाई प्रदान गरिएको परीक्षा तालिका अनुसार फागुन २७ गते अंग्रेजी, २८ गते नेपाली, २९ गते विज्ञान, ३० गते सामाजिक, चैत्र २ गते गणित, ३ गते जनसंख्या, पेशा व्यवसाय र स्थानीय, ४ गते ऐ.प्रथम र ५ गते ऐ.द्धितीयको परीक्षा गराईने भएको छ ।

यस वर्षको वार्षिक परीक्षा अन्तर्गत कक्षा ८ को पालिका र अन्य तहहरुको उत्तरपुस्तिका विद्यालयमै परीक्षण गरिने बताईएको छ । त्यसैगरी चैत्र ६ गतेदेखि सञ्चालन हुने एसइइ परीक्षामा साकेला गाउँपालिकाबाट करीव ३ सय विद्यार्थी सहभागि हुने शिक्षा शाखाले जानकारी दिएको छ । 
 

आर्थिक वर्ष: