FAQs Complain Problems

ग्यालरी

खोटाङको साकेला गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेर मार्च ८ अर्थात ११४ औं ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाएको छ । यस वर्ष ‘महिलामा लगानी- सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यता र गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको अध्यक्षतामा महिला तथा बालबालिका शाखाको संयोजनमा विभिन्न कार्यक्रम गरि महिला दिवस मनाईएको हो । महिला दिवसको अवसरमा साकेला गाउँपालिकाले पहिलो पल्ट ८० वर्ष उमेर पुरा भएका जेष्ठ महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । वृद्ध अवस्थाका जेष्ठ महिलाहरुले समाज परिवर्तनका लागि खेल्नुभएको भूमिका र योगदानको उच्च मूल्याङ्कन

मिति: 03/10/2024 - 12:15
, , , , ,

गाउँपालिकाभित्र निर्माण भईरहेका विकासका पूर्वाधारको क्षेत्रमा काम गर्ने श्रमिकहरुले पारिश्रमिक नपाएको गुनासो आईरहँदा निर्माण कम्पनीसँग पारिश्रमिक उठाएर श्रमिकलाई उपलब्ध गराउन पालिका सरकार लागि परिरहेको हो । यसै क्रममा, गाउँपालिकाको गौरवको आयोजना मानिएको साप्सुखोला–मानेभञ्ज्याङ–तावाभञ्ज्याङ पाँचधारे सडक निर्माणको क्रममा संलग्न भएका स्थानीय श्रमिकहरुको ज्याला भुक्तानी नगरेपछि गाउँपालिकाले तत्काल ज्याला रकम भुक्तानी गराउनको लागि सम्बन्धित निर्माण कम्पनीसँग र कामदारबीच चारवुँदे सम्झौता गराएको छ ।

मिति: 03/07/2024 - 15:04

जन्मदिनको अवसर पारेर आफूले पाएको सेवा सुविधाबाट साकेला गाउँपालिकाभित्रका २२ वटा बालविकास कक्षामा अध्ययनरत २२० भन्दा बढी बालबालिकाहरुलाई एल.सि.डी राईटिङ ट्याब्लेट वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकश राई । अन्य स्थानीय सरकारहरुभन्दा फरक शैलीबाट अध्यक्ष राईले यस वर्षको जन्मदिन मनाउनुभएको हो।

मिति: 02/28/2024 - 12:14
, , , , , ,

निर्माणाधीन साकेला गाउँपालिकाकाे प्रशासकीय भवन । अगाडि र पछाडिबाट ।

मिति: 02/27/2024 - 16:34
,

साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले मिति २०८०/११/०४ गते अपाङ्गता भएका व्यक्तिहरुको पुनस्थापनाको लागि साकेला गाउँपालिकामा सहकार्य गरिरहेको करुणा फाउण्डेसनको सहयोगमा साकेला गाउँपालिका वडा नं. २ रतन्छा निवासी ७ वर्षीय सृष्टि राई र चन्द्रकला राईलाई घरमै पुगेर ह्वील चियर हस्तान्तरण गरेका छन॥ जय साकेला।।

मिति: 02/27/2024 - 16:32
, ,

साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साकेला माध्यमिक विद्यालय रतन्छा प्रथम भएको छ । गाउँपालिकाभित्र सञ्चालित पाँच वटा माध्यमिक विद्यालयबीच गराईएको प्रतियोगितामा १० स्वर्ण, पाँच रजत र तीन काँस्य पदक सहित साकेला गाउँपालिका-२ रतन्छामा सञ्चालित साकेला मावि प्रथम भएको हो 

मिति: 02/15/2024 - 13:15
, , , , ,

साकेला गाउँपालिकालाई पूर्ण रुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ खिदिमामा डष्टबिन राखिएको छ । गाउँपालिकास्थित पूर्ण सरसफाई कार्यक्रम मार्फत वडाका विभिन्न २९ वटा स्थानहरुमा डष्टबिन राखिएको हो । गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि हरेक वर्ष बजेट बिनियोजन गरि सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ ।गाउँपालिकालाई केही वर्षभित्रनै सरसफाईको क्षेत्रमा उत्कृष्ट बनाउने योजना मुताबिक विभिन्न सरसफाईको कार्य गरिँदै आईएको छ । सरसफाई अन्तर्गत पालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय, बजारक्षेत्र, पार्क, धार्मिकस्थल, विद्यालय र संघसंस्थाहरुमा फोहोरमैला व्यवस्थापन

मिति: 02/05/2024 - 11:08

साकेला गाउँपालिकामा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी स्कृनिङ शिविर आईतबार बाट सुरु गरिएको छ । टोल तथा बस्तिहरुमा रहेका महिलाहरुको स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ साकेला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो।

मिति: 02/05/2024 - 10:15

सिप सिकाएर रोजगार सृजना गर्ने उदेश्यका साथ साकेला गाउँपालिका खोटाङको आयोजनामा सञ्चालन गरिएको गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत व्यवसाय सचेतना, लैङ्गिक समानता र सामाजिक समावेशी तालिम सम्पन्न गरिएको छ । साकेला गाउँपालिकाको वडा नम्बर-३ खिदिमास्थित किवामा गत पौष १७ गतेदेखि पौष २४ गतेसम्म सञ्चालन गरिएको तालिममा १६ जना स्थानीयहरुको सहभागि रहेका थिए भने गत माघ ३ गतेदेखि माघ १० गतेसम्म बोपुङमा सञ्चालन गरिएको तालिममा १९ जना स्थानीयहरु सहभागि रहेका थिए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, ३ नम्बर वडाका वडाध्यक्ष गोविन्द तामाङ लगायतको उपस्थितिमा त

मिति: 01/24/2024 - 19:22
, ,

Pages