Notice
नागरीक सुनुवाई
जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजनामा साकेला गाउँपालिका प्रमुख श्री रविप्रकाश राईज्यूको प्रमुख आथित्यतामा सोमबार साकेला गाउँपालिकाको सभाहलमा आयोजित ''समुदाय-प्रहरी साझेदारी कार्यक्रम'' अन्तर्गत ''नागरिक सुनुवाई र दुर्व्यसन विरुद्ध आमाहरु'' विषयक अन्तरक्रियात्मक कार्यक्रमको दृष्य । गाउँपालिकाभित्र भएका यावत समस्या, कानूनी प्रावधान तथा भईरहेका प्रकृयाबारे व्यापक रुपमा छलफल भएको कार्यक्रम सौहार्द्धपूर्ण वातावरणमा सम्पन्न भयो । प्रहरीसँगको साझेदारीमा नागरिकले गर्नुपर्ने सामाजिक सद्भाव, सहकार्य, समन्वयबारे व्यापक छलफलसँगै कानूनी आधार, प्रकृयाबारे सो कार्यक्रममा जानकारी गराईएको थियो ।
000
२६ चैत्र २०८०, मानेभञ्ज्याङ, खोटाङ