Notice
वडा नं. ५
साकेला गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवन मात्तिमबिर्तामा रहेको छ। यस वडामा कुल जनसङ्ख्या १४४४ रहेको छ जस मध्ये ७३४ पुरुष छन भने ७१० जना महिला रहेका छन। यस वडाको प्रमुख बाली मकै, कोदो र गहुँ हो । वडा नं. १, २ र ५को बेशी खण्डमा समेत धान खेती राम्रो हुने गरेको छ। वडा नं. १, २, ३ र ५ मा अलैची खेती पनि उत्तिकै हुने गरेको छ । यस वडामा सुन्तला, कागति जस्ता व्यवसायिक फलफुल प्रर्वद्वन कार्यक्रम हुने लगायत बेसी तिर आँपको व्यवसाय राम्रो हुने पाईन्छ। यस साकेला गा.पा. मौसमी तथा बेमौसमी तरकारी खेतीको निकै ठूलो सम्भावना रहेको पाईन्छ । उच्च पहाडि भू-भाग देखि बेसीसम्म विविध प्रकारका जस्तैः- आलु, रायो, मूला, गाजर काउली, बन्दा, करेला, टमाटर आदि तरकारी उत्पादन सम्भावना रहेको छ । तर, गुणस्तरीय बीउ विजन, नँया खेती प्रविधि र ज्ञानको कमिले उत्पादनमा निकै ह्रास आएको देखिन्छ ।
वडाका पदाधिकारीहरु
अध्यक्ष : जीवन खत्री
सदस्यहरु
- निर्मला राई
- कविता विश्वकर्मा
- हरिहर ढकाल
- जय प्रकाश कटवाल
वडा सचिव
सुबास राई