Notice
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आयोजित सवेतना मूलक प्रशिक्षण कार्यक्रम। २०८०/०८/२२
"Unite invest to prevent violence against women and girls" अर्थात लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मूल नाराका साथ मनाईएको लैङ्गिक हिँसा बिरुद्धकाे १६ दिने अभियानकाे सन्दर्भमा साकेला गाउँपालिकास्थित महिला तथा बालबालिका शाखाकाे आयाेजनामा आयाेजित एक दिवशिय सचेतना मूलक प्रशिक्षण कार्यक्रम गाउँपालिका प्रमुख रवि प्रकाश राईकाे प्रमुख आथित्यतामा सम्पन्न भएको छ । उपाध्यक्ष बिर्सिका राईकाे अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा विषयविज्ञकाे रुपमा पूर्व सविधानसभा सदस्य दुर्गाजयन्ती राईकाे उपस्थिति रहेकाे थियाे । प्रशिक्षण कार्यक्रम सुरु हुनुभन्दा अगाडि उपस्थित सहभागिहरुले साकेलास्थित मानेभञ्ज्याङ बजारमा प्रभातफेरी सहित महिला हिंसा अन्त्यका लागि नाराजुलुस लगाएका थिए । - २२ मङ्सिर २०८०