Notice
खोटाङ यू.के सेवा समाज निशूल्क स्वास्थ्य शिविर
खोटाङ सेवा समाज युकेको आयोजना तथा साकेला गाउँपालिकाकाे सँयाेजनमा साकेला आधारभूत अस्पताल रतन्छामा दुई दिन सम्म सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रम चैत १७ गते शनिबार समापन भएको हो । शिविरबाट विभिन्न रोगहरुको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरबाट साकेला गाउँपालिकाभित्रका ६५३ जना नागरिकले स्वास्थ्य उपचार सेवा प्राप्त गर्नुभएको छ । निश्वार्थ भावनाका साथ शिविर आयोजना गरि पुर्याउनुभएको योगदानप्रति खोटाङ सेवा समाज बेलायत प्रति हार्दिक आभार । खाेटाङ सेवा समाज वेलायतका अध्यक्ष डा.प्रमाेद काेयी राई, उपाध्यक्ष तथा शिविर कार्यक्रमका क्षेत्रीय सँयाेजक भाग्यवति राई, सल्लाहकार रत्न कुमार राई तथा सम्पूर्ण मेडिकल टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।