Notice
गाउँपालिका प्रमुख राईको निर्देशनमा स्वास्थ्यकर्मीलाई स्मार्ट फोन
साकेला (९ माघ, २०८०)- स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाई नागरिकको पहुँच सम्म सहज सुविधा पुर्याउने उद्देश्यका साथ साकेला गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पोष्पेड सिमकार्ड सहित स्मार्ट फोन उपलब्ध गराईएको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईको निर्देशन अनुसार एक वटा आधारभूत अस्पताल सहित तीन वटा स्वास्थ्यचैकी र तीन वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्रलाई सिम र फोनसेट उपलब्ध गराईएको हो । २४ सै घण्टा सेवाग्राहीलाई अत्यावश्यक परेको समयमा सम्पर्क गर्नको लागि उक्त फोन उपयोगी हुने गाउँपालिका प्रमुख राईले बताउनुभयो । वितरण गरिएको फोन स्वास्थ्य इञ्चार्ज र इञ्चार्ज नभएको अवस्थामा निमित्तको जिम्मेवारी पाएका स्वास्थ्यकर्मीसँग रहने बताईएको छ ।
गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको अन्तरक्रियात्मक कार्यक्रमको अवसरमा कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर रास्वास्थ्यकर्मीहरुलाई प्रदान गरिएको स्मार्ट फोन हस्तान्तरण गर्नुभएको छ ।
स्वास्थ्यकर्मीहरुलाई वितरण गरिएको फोन नम्बरहरु यस प्रकार रहेका छन् ।
+९७७-९८५२८५२८१३ बाँझेच्यानडाँडा स्वास्थ्यचौकी साकेला-१
+९७७-९८५२८५२८१४ आधारभूत स्वास्थ्य केन्द्र डाँडागाउँ साकेला-१
+९७७-९८५२८५२८१५ साकेला आधारभूत अस्पताल साकेला-२ रतन्छा
+९७७-९८५२८५२८१६ स्वास्थ्य चौकी खिदिमा साकेला-३
+९७७-९८५२८५२८१७ सामुदायिक स्वास्थ्य इकाई साकेला-३ किवा
+९७७-९८५२८५२८१८ आधारभूत स्वास्थ्य इकाई केन्द्र साकेला-४ मात्तिम
+९७७-९८५२८५२८१९ स्वास्थ्य चौकी मात्तिम साकेला-५
तपाई सम्पूर्ण सेवाग्राहीलाई आवश्यक परेको बेला माथि उल्लेखित मोवाईल नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद ।