Notice
वडा नं. १ च्यान्डाँडा
बाझे च्यानडाँडा साकेला गाउँपालिकाकाे कार्यालय बाट उत्तर तर्फ रहेकाे छ । भौगोलिक हिसावले यो वडा गाउँपालिका मध्येको सबैभन्दा ठुलो वडा हो । यस वडामा राई, क्षेत्री जातीको साथै गुरुङ, भुजेल, दमै, कामी, सार्की, मगर लगायतका समुदायहरुको वसोबास रहेको छ यस वडाको कुल जनसङ्ख्या २५९९ रहेको छ जसमा १३१६ पुरुष छन भने १२८३ महिला रहेको छ। यस गाउँपालिकाको वडा नं. १ को प्रमुख बाली मकै, कोदो र गहुँ हो । यस वडाको बेशी खण्डमा समेत धान खेती राम्रो हुने गरेको छ लगायत अरु वडाको तुलनामा आलु अत्याधिक फल्ने गरेको पाइन्छ । बाँझेच्यानडाँडा र खिदिमाको आलुले आफ्नै ब्राण्ड स्थापित गरिरहेका छन् । यस पालिकाको सबै वडामा तोरी खेती राम्रो हुने गरेको पाईन्छ । तोरी पकेट क्षेत्रको रुपमा बिस्तार गर्न सकिने सम्भावना प्रचुर देखिन्छ ।
वडा सचिव: नमी राई
मोवाईल नम्बर-९८४५१२८४४९
Population:
२५९९
Ward Contact Number:
९८४२९४२८५०