Notice
साकेला गाउँपालिका खोटाङको आयोजनामा सञ्चालन गरिएको गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत व्यवसाय सचेतना, लैङ्गिक समानता र सामाजिक समावेशी तालिम
सिप सिकाएर रोजगार सृजना गर्ने उदेश्यका साथ साकेला गाउँपालिका खोटाङको आयोजनामा सञ्चालन गरिएको गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत व्यवसाय सचेतना, लैङ्गिक समानता र सामाजिक समावेशी तालिम सम्पन्न गरिएको छ । साकेला गाउँपालिकाको वडा नम्बर-३ खिदिमास्थित किवामा गत पौष १७ गतेदेखि पौष २४ गतेसम्म सञ्चालन गरिएको तालिममा १६ जना स्थानीयहरुको सहभागि रहेका थिए भने गत माघ ३ गतेदेखि माघ १० गतेसम्म बोपुङमा सञ्चालन गरिएको तालिममा १९ जना स्थानीयहरु सहभागि रहेका थिए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, ३ नम्बर वडाका वडाध्यक्ष गोविन्द तामाङ लगायतको उपस्थितिमा तालिमको समापन गरिएको हो ।