Notice
पूर्वधार विकास कार्यलय उदयपूरसँग श्रमिक ज्याला भुक्तानी गर्न विभिन्न बुँदामा सहमति
गाउँपालिकाभित्र निर्माण भईरहेका विकासका पूर्वाधारको क्षेत्रमा काम गर्ने श्रमिकहरुले पारिश्रमिक नपाएको गुनासो आईरहँदा निर्माण कम्पनीसँग पारिश्रमिक उठाएर श्रमिकलाई उपलब्ध गराउन पालिका सरकार लागि परिरहेको हो । यसै क्रममा, गाउँपालिकाको गौरवको आयोजना मानिएको साप्सुखोला–मानेभञ्ज्याङ–तावाभञ्ज्याङ पाँचधारे सडक निर्माणको क्रममा संलग्न भएका स्थानीय श्रमिकहरुको ज्याला भुक्तानी नगरेपछि गाउँपालिकाले तत्काल ज्याला रकम भुक्तानी गराउनको लागि सम्बन्धित निर्माण कम्पनीसँग र कामदारबीच चारवुँदे सम्झौता गराएको छ ।