साकेला गाउँपालिका प्रदेश नं १ अन्तर्गत खाेटाङ जिल्लामा पर्दछ । साकेला गाउँपालिका खाेटाङ जिल्लाकाे सदरमुकाम दिक्तेल बाट करिव २८ किलाेमिटर पूर्व तर्फ करिव ६२०-२९९० मिटर उचाइमा ७९.९९ वर्ग किलाेमिटरमा अवस्थित छ । यस गाउँपालिकामा जम्मा ५ ओटा वडाहरु (वाजे च्यानडाँडा - १, रतन्छा-२, खिदिमा-३, मात्तिम-४ र मात्तिम-५) रहेकाे छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे मानेभन्ज्याङ भन्ने ठाउमा रहेकाे छ । यस गाउँपालिकाकाे पुर्व तर्फ भाेजपुर जिल्ला पश्चिम र उत्तर तर्फ दिक्तेल रुपाकाेट मझुवागढि र दक्षिण तर्फ दिप्रुङ चुइचुमा पर्दछ । ऐतिहासिक महत्व सहितको किरातराई सँस्कृति साकेला नाँचको महिमा