साकेला (९ माघ, २०८०)- स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाई नागरिकको पहुँच सम्म सहज सुविधा पुर्याउने उद्देश्यका साथ साकेला गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पोष्पेड सिमकार्ड सहित स्मार्ट फोन उपलब्ध गराईएको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईको निर्देशन अनुसार एक वटा आधारभूत अस्पताल सहित तीन वटा स्वास्थ्यचैकी र तीन वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्रलाई सिम र फोनसेट उपलब्ध गराईएको हो । २४ सै घण्टा सेवाग्राहीलाई अत्यावश्यक परेको समयमा सम्पर्क गर्नको लागि उक्त फोन उपयोगी हुने गाउँपालिका प्रमुख राईले बताउनुभयो । वितरण गरिएको फोन स्वास्थ्य इञ्चार्ज र इञ्चार्ज नभएको अवस्थामा निम
Notice
ग्यालरी
अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालनका लागि अपाङ्गता भएका क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेसन नेपाल र साकेला गाउँपालिकाबीच सम्झौता भएको छ ।
गाउँपालिकाको तर्फबाट अध्यक्ष रवि प्रकाश राई, निमित प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई तथा करुणा फाउण्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरे र वरिष्ठ कार्यक्रम अधिकृत गिता त्वानावासु र साकेला गाउँपालिका संयोजक रुपा श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । प्रदेश सरकार सामाजिक मन्त्रालयले सुरु गरेको कार्यक्रममा तीन पक्षीय लागत साझेदारी रहने छ ।
साकेला गाउॅपालिकाको शिक्षा शाखाद्वारा आयोजित अन्तर विधालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम साकेला गाउॅपालिकाका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न प्रतियोगितात्मक अतिरिक्त कृयाकलापहरु सन्चालन गरिएको थियो॥
२० औं महिला सामूदायिक स्वास्थ्य स्वयंम सेविका दिवसकाे अवसरमा साकेला गाउँपालिकाद्वारा आयाेजित हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राईकाे प्रमुख आथित्यतामा सम्पन्न भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईकाे सभापतित्वमा सम्पन्न भएको हो।
"Unite invest to prevent violence against women and girls" अर्थात लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मूल नाराका साथ मनाईएको लैङ्गिक हिँसा बिरुद्धकाे १६ दिने अभियानकाे सन्दर्भमा साकेला गाउँपालिकास्थित महिला तथा बालबालिका शाखाकाे आयाेजनामा आयाेजित एक दिवशिय सचेतना मूलक प्रशिक्षण कार्यक्रम गाउँपालिका प्रमुख रवि प्रकाश राईकाे प्रमुख आथित्यतामा सम्पन्न भएको छ । उपाध्यक्ष बिर्सिका राईकाे अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा विषयविज्ञकाे रुपमा पूर्व सविधानसभा सदस्य दुर्गाजयन्ती राईकाे उपस्थिति रहेकाे थियाे । प्रशिक्षण कार्यक्रम सुरु हुनुभन्दा अगाडि उप
साकेला गाउँपालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाई पूर्ण रुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने लक्ष्य अनुरुप गाउँपालिकास्थित मानेभञ्ज्याङदेखि नौलाखर्कसम्मका सडक, बजार, सार्वजनिस्थलहरु सरसफाई गरिनुका साथै फोहोरमैला व्यवस्थापनका लागि बजार, सडक र पार्कमा डष्टविन राखिएको। फोहोरमैला व्यवस्थापनबारे पूर्ण सरसफाई कार्यक्रमका कर्मचारीहरुबाट सडक नाटक समेत प्रस्तुत गरिएपछि गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा सरसफाई कार्यक्रम सञ्चालन भएको हो । सरसफाई कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षाकर्मी, स्थानीय व्यापार व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
गाउँपालिकाद्वारा निःशुल्क जग्गा दिने १८ जना जग्गादातालाई सम्मान
साकेला गाउँपालिका संविधान दिवश मनाँउदै
साकेला गा.पा- ४ , मानेभञ्ज्याङको नवनिर्मित औँशी-पूर्णे हाटबजारको उद्घाटन गर्नु हुदै पालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष विर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडाध्यक्षहरु, पालिका कर्मचारी लगायत स्थानीय बासिन्दाहरु।।
प्रमुख प्रशासकीय भवनको शिलान्यास गर्नु हुदै पालिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष विर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडा अध्यक्षहरु, पालिका कर्मचारीहरु, भवन निर्माणका ठेकेदार तथा कामदारहरु लगायत स्थानीय बासिन्दाहरु ।।।।।।।