पूर्व सूचना तथा सञ्चारमन्त्री तथा काेशी प्रदेश पूर्व मुख्यमन्त्री शेरधन राईलाई साकेला गाउँपालिकामा स्वागत गर्नुहुँदै अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सका राई लगायत जनप्रतिनिधि तथा कर्मचारीहरु । साकेला गाउँपालिकामा भईरहेकाे विकास प्रयासबारे मुख्यमन्त्री राईले चासाे व्यक्त गर्नुहुँदै आफ्नो तर्फबाट साकेला गाउँपालिकाकाे समृद्धिकाे लागि सक्दाे पहल गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । साथै उहाँले निर्माणाधीन प्रशासकीय भवन र मानेभञ्ज्याङ पार्ककाे समेत अवलोकन गर्नुभएको छ ।
Notice
ग्यालरी
खोटाङ सेवा समाज युकेको आयोजना तथा साकेला गाउँपालिकाकाे सँयाेजनमा साकेला आधारभूत अस्पताल रतन्छामा दुई दिन सम्म सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रम चैत १७ गते शनिबार समापन भएको हो । शिविरबाट विभिन्न रोगहरुको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरबाट साकेला गाउँपालिकाभित्रका ६५३ जना नागरिकले स्वास्थ्य उपचार सेवा प्राप्त गर्नुभएको छ । निश्वार्थ भावनाका साथ शिविर आयोजना गरि पुर्याउनुभएको योगदानप्रति खोटाङ सेवा समाज बेलायत प्रति हार्दिक आभार । खाेटाङ सेवा समाज वेलायतका अध्यक्ष डा.प्रमाेद काेयी राई, उपाध्यक्ष तथा शिविर कार्यक्रमका क्षेत्रीय सँयाेजक भाग्यवति राई, सल्लाहकार रत्न कुमार राई तथा
खोटाङको साकेला गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेर मार्च ८ अर्थात ११४ औं ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाएको छ । यस वर्ष ‘महिलामा लगानी- सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यता र गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको अध्यक्षतामा महिला तथा बालबालिका शाखाको संयोजनमा विभिन्न कार्यक्रम गरि महिला दिवस मनाईएको हो । महिला दिवसको अवसरमा साकेला गाउँपालिकाले पहिलो पल्ट ८० वर्ष उमेर पुरा भएका जेष्ठ महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । वृद्ध अवस्थाका जेष्ठ महिलाहरुले समाज परिवर्तनका लागि खेल्नुभएको भूमिका र योगदानको उच्च मूल्याङ्कन
गाउँपालिकाभित्र निर्माण भईरहेका विकासका पूर्वाधारको क्षेत्रमा काम गर्ने श्रमिकहरुले पारिश्रमिक नपाएको गुनासो आईरहँदा निर्माण कम्पनीसँग पारिश्रमिक उठाएर श्रमिकलाई उपलब्ध गराउन पालिका सरकार लागि परिरहेको हो । यसै क्रममा, गाउँपालिकाको गौरवको आयोजना मानिएको साप्सुखोला–मानेभञ्ज्याङ–तावाभञ्ज्याङ पाँचधारे सडक निर्माणको क्रममा संलग्न भएका स्थानीय श्रमिकहरुको ज्याला भुक्तानी नगरेपछि गाउँपालिकाले तत्काल ज्याला रकम भुक्तानी गराउनको लागि सम्बन्धित निर्माण कम्पनीसँग र कामदारबीच चारवुँदे सम्झौता गराएको छ ।
जन्मदिनको अवसर पारेर आफूले पाएको सेवा सुविधाबाट साकेला गाउँपालिकाभित्रका २२ वटा बालविकास कक्षामा अध्ययनरत २२० भन्दा बढी बालबालिकाहरुलाई एल.सि.डी राईटिङ ट्याब्लेट वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकश राई । अन्य स्थानीय सरकारहरुभन्दा फरक शैलीबाट अध्यक्ष राईले यस वर्षको जन्मदिन मनाउनुभएको हो।
निर्माणाधीन साकेला गाउँपालिकाकाे प्रशासकीय भवन । अगाडि र पछाडिबाट ।
साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले मिति २०८०/११/०४ गते अपाङ्गता भएका व्यक्तिहरुको पुनस्थापनाको लागि साकेला गाउँपालिकामा सहकार्य गरिरहेको करुणा फाउण्डेसनको सहयोगमा साकेला गाउँपालिका वडा नं. २ रतन्छा निवासी ७ वर्षीय सृष्टि राई र चन्द्रकला राईलाई घरमै पुगेर ह्वील चियर हस्तान्तरण गरेका छन॥ जय साकेला।।
साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साकेला माध्यमिक विद्यालय रतन्छा प्रथम भएको छ । गाउँपालिकाभित्र सञ्चालित पाँच वटा माध्यमिक विद्यालयबीच गराईएको प्रतियोगितामा १० स्वर्ण, पाँच रजत र तीन काँस्य पदक सहित साकेला गाउँपालिका-२ रतन्छामा सञ्चालित साकेला मावि प्रथम भएको हो
साकेला गाउँपालिकालाई पूर्ण रुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ खिदिमामा डष्टबिन राखिएको छ । गाउँपालिकास्थित पूर्ण सरसफाई कार्यक्रम मार्फत वडाका विभिन्न २९ वटा स्थानहरुमा डष्टबिन राखिएको हो । गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि हरेक वर्ष बजेट बिनियोजन गरि सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ ।गाउँपालिकालाई केही वर्षभित्रनै सरसफाईको क्षेत्रमा उत्कृष्ट बनाउने योजना मुताबिक विभिन्न सरसफाईको कार्य गरिँदै आईएको छ । सरसफाई अन्तर्गत पालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय, बजारक्षेत्र, पार्क, धार्मिकस्थल, विद्यालय र संघसंस्थाहरुमा फोहोरमैला व्यवस्थापन